धादिङमा झन्डै डेढ दर्जन ठाउँमा पहिरो, तीन गाडी पुरिए

दुई दिनदेखिको अविरल वर्षाका कारण धादिङमा झन्डै डेढ दर्जन ठाउँमा पहिरो खसेको छ । जिल्लामा पर्ने पृथ्वी राजमार्गमा पनि ठाउँ ठाउँमा पहिरो खसेकाले यातायात अवरूद्ध भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका प्रहरीले जनाएको छ । ‘१६-१७ ठाउँमा कतै पहिरो कतै लेदो खसेको छ’, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राईले भने, ‘एक ठाउँमा तीन वटा गाडी पुरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ ।’



उनका अनुसार पहिरोमा एक जना बेपत्ता भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

सम्बन्धित समाचार