मन्त्रिपरिषद बैठक सम्पन्न, भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पेश गरेको थियो ।



उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिएको जनाइएको छ ।

सम्बन्धित समाचार