नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । पूर्व माओवादी खेमा अब स्थायी कमिटी बैठक रोक्न नहुने पक्षमा उभिएको छ।

सोमबार बिहान अध्यक्ष प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटी सदस्यहरुलाई खुमलटारस्थित निवासमा बोलाएर पार्टीको विवादबारे छलफल गरेका थिए। उक्त भेलामा सहभागी अधिकांश नेताहरुले अब बैठकबाटै निकास निकाल्न सुझाव दिँदै स्थायी कमिटीको बैठक रोक्न नहुनेमा जोड दिएका थिए।



भेलाले पार्टीको विवादलाई तत्कालका लागि सुरक्षित अवतरण गर्ने ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको थियो। कुनै पनि हालतमा पार्टी फुटको संघारमा जान नहुने गरी निर्णय लिनुपर्ने सुझाव अध्यक्ष प्रचण्ड समक्ष राखेको पूर्व माओवादी खेमाका नेताहरुले बताएका छन्।

सम्बन्धित समाचार