सप्तकोसीले खतराको तह पार गर्‍यो, कोसी ब्यारेजका ४८ ढोका खोलिए

सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्।

राति १ बजे २ लाख ९१ हजार क्यूसेक पानी प्रतिसेकेन्ड रहेकोमा बिहान ६ बजे कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।



कोसीको बहावले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । उनीहरुलाई नदी किनाराको बस्तिमा नबस्न सूचित गरिएको पोखरेलले बताए। कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पस्न थालेको छ।

सम्बन्धित समाचार