नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।

बिपी स्मृती दिवस पारेर नेपाली कांग्रेस दोधारा चाँदनीले क्वारेण्टाइन र अस्पतालमा रहेका विरामीहरूलाई फलफुल वितरण गरेको छ । मंगलवार नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३८औं स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस माहाकाली नगर कार्यसमिति (दोधारा चाँदनी) ले भानु माद्यामिक विद्यालयको क्वारेण्टाइनमा बसेकाहरूलाई र अस्पतालमा रहेका विरामीहरूलाई फलफुल वितरण गरेको हो ।
त्यसैगरी, यसैे अवसरमा नेपाली कांग्रेस दोधार चाँदनीले बृक्षारोपण समेत गरेको छ । बिपी स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेका महासमिति सदस्य वीरबहादुर सुनारले नेपालको राजनीतिक व्यवस्था परिर्वतनका लागि बिपी कोइरालाले आफ्नो जीवन नै समर्पित गरेको बताए । अहिलेको परिस्थितिमा बिपीको आदर्श र सिद्धान्तलाई नेपाली कांग्रेसले बिर्संदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकाका महासमिति सदस्य बेलबहादुर राना, कञ्चनपुर क्षेत्र नं. ३ का सभापति गोपालदत्त भट्ट, महाकाली नगरपालिकाका नगर सभापति डम्बर चन्द, सचिव राजेन्द्र मल्ल, नेविसंघका नेता अशोकसिंह विष्ट लगायतका नेता कार्यकर्ताहरूले बिपीको फोटोमा माल्यार्पण गरेका थिए ।

