नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही बेर बसेर फेरी स्थगित भएको छ । मंगलवार ११ बजेका लागि तय गरिएको बैठक १ बजेका लागि तोकिएको थियो । अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि जान भन्दै पुनः आगामी साउन १३ गतेसम्मका लागि स्थगित गरिएको एक नेताले बताए ।
निर्धारित सयमभन्दा केही ढिला गरी प्रधानमन्त्री निवासमै बैठक शुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित थिएनन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै बैठकमा आलोचना हुन थालेपछि ओली धेरै बैठकहरुमा उपस्थित रहेका थिएनन् ।
स्थायी समिति सदस्य देव गुरुङले आजको बैठकमा प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक शुरु भएको दावी गरे ।