भदौ १ बाट विद्यार्थी भर्ना, साउन १५ देखि होटल रेस्टुरेन्ट खोल्ने सरकारको निर्णय

सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ना खुला गर्ने निर्णय गरेको हो।

यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।



साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रकिङ व्यवसाय खुल्ने भएका छन् । तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ। आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सरकारले व्यवस्था गरेको छ।

सम्बन्धित समाचार