विश्वभर कोरोनाबाट ६ लाख १९ हजारको मृत्यु, १ करोड ५० लाख ९१ हजार संक्रमित

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख १९ हजार ४१० पुगेको छ । १ करोड ५० लाख ९१ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ३८ हजार ७२८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ८८० पुगेको हो । बुधबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९१ लाख १० हजार २०८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जनाको मृत्यु भएको छ । २७ लाख १ हजार ३९३ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख २१ हजार ३९० पुगेको छ । त्यसमध्ये २३ लाख १९ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जनाको मृत्यु भएको छ । ३५ लाख २६ हजार ५१ जना संक्रमित भएकोमा २५ लाख १२ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ । ३३ लाख ७३ हजार ६८७ जना संक्रमित भएकोमा २२ लाख ४६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जनाको ज्यान गएको छ भने ७ लाख ५३ हजार ५४९ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख १२ हजार ६५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ । १४ हजार १२१ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १७ हजार ९९४ जनामा संक्रमण देखिएकोमा ४० जनाको निधन भैसकेको छ । १२ हजार ४७७ जना भने उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार