अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा दर्जनभन्दा बढी घाइते

अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागी भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागेर १४ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार शिकागोको फ्युनेरल होममा गोली प्रहार भएको हो । घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन । घाइते सबै वयश्क रहेको शिकागो प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार मंगलबार बेलुका कालो सवारी साधान तीव्र गतिमा आएको र सवारी भित्र रहेका व्यक्तिले फ्युनेरलमा सहभागी व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गरेको शिकागो प्रहरी विभागका फर्स्ट डेपुटी सुपरिटेन्डेन्ट एरिक काटरले बताएका छन् ।



यसअघि शिकागोमा सोमबार २५ जनामाथि गोली प्रहार भएको थियो । पछिल्लो हप्ता कुल ६३ जनामाथि गोली प्रहार भएकोमा कम्तीमा १२ जनाको ज्यान गएको सिएनएनले जनाएको छ ।

अमेरिकामा मानिसहरुले हतियार राख्ने प्रक्रिया त्यति झण्झटिलो नभएकाेले बेलाबेलामा व्यक्तिले अन्धाधुन्द गोली चलाई मानिस मार्ने चलन आम भएको छ ।

सम्बन्धित समाचार