नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ४,मोरङका ३, झापाका १, ताप्लेजुङका ३, सप्तरीका १८, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौका ३ जना रहेका छन् ।
यसका साथै सर्लाहीका ३, चितवनका १, लमजुङका ७, स्याङजाका ३, बागलुङका ३, बाँकेका ३, वर्दियाका २, सल्यानका २, कालिकोटका १, दैलेखका १६, बझाङका १, डोटीका ७ तथा धनुषाका ६० जना संक्रमित थपिएका हुन् ।
कोरोना भाईरसको संक्रमण निको भएर थप २०७ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।

