नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असार ।
अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ। उनका भाइ राकेश हमालको बुधबार निधन भएको हो । राकेशको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थियो।
राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। उनको शव नेपाल ल्याउने विषयमा छलफल भइरहको पारिवारिक स्रोतले जनाएको छ। प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएका उनको त्यहाँस्थित ह्याम्स अस्पतालमा निधन भएको हो।
अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमा नै छन्।