लकडाउन अन्त्यपछि भारतमा तीव्र गतिमा फैलियो कोरोना, एकैदिन भेटिए ४० हजार संक्रमित

लकडाउन अन्त्य भएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण २८ हजार ७३२ जनाको मृत्यु भइसकेको छ ।

तथ्यांक अनुसार भारतमा ११ लाख ९२ हजार ९१५ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा एकै दिन कोरोनाका कारण दुई हजार जनाको ज्यान भएको छ भने ४० हजार संक्रमित थपिएका छन् ।



जुन १७ मा दुई हजार तीनजनाको मृत्यु भएको थियो भने जुलाई २० मा ४० हजार ४२५ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार