तिर्खा लागेपछि लोखर्केले पानी मागेर खाएको भिडियो भाइरल

तिर्खा सबैलाई लाग्छ चाहे त्यो मानिस हो वा जनावर । तिर्खा लागेपछि सबैले पानी खाने गर्दछन् । के तपाईंले कहिल्यै कुनै लोखर्केलाई मानिसले झै बोतलबाट पानी पिएको देख्नु भएको छ । अझ एक बालक झै मानिससँग पानी मागेर लोखर्केले पानी पिएको देख्नु भएको छ । सामाजिक सञ्जालमा अहिले एक लोखर्केले बोतलबाट पानी पिएको भिडियो भाइरल भएको छ ।

सुसान्त नन्दा नामक एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेको तिर्खाएको लोखर्केले पानी पिएको भिडियो भाइरल बनेको छ । यो लोखर्केले यति मायालु पाराले पानी माग्छ, जसलाई हेर्ने जोकोहिको अनुहारमा मुस्कुराहट आउने गर्दछ ।



तिर्खाएको लोखर्केको यो भिडियो यति मनमोहक छ कि तपाईँले नहेरी बस्नै सक्नु हुन्न । उक्त लोखर्के आसपासमा रहेका केही मानिसको छेउमा आउँछ र हातमा पानीको बोतल बोकेको एक युवाको छेउमा पुगेर इशाराले पानी माग्दछ ।

सुरुमा ती युवाले लोर्खकेको भाव बुझ्दैनन् । तर तत्काल पानीको बोतल खोलेर पिउन दिन्छन् । त्यसपछि लोखर्केले घटाघट सानो बच्चाले झै बोतलबाट पानी पिउन शुरु गर्दछ ।

 

सम्बन्धित समाचार