सदीका महानायक अमिताभको कोरोना रिपोर्ट नेगेटिभ, अभिषेक पनि आजै डिस्चार्ज हुने

बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनलाई १२ दिनअघि उनी लागयत छोरा अभिषेकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको मुम्बईको नानावती अस्पतालमा उपचार भएको थियो । उनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन् ।



ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन् । साथै छोरा अभिषेकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । अभिषेक भने आजै डिस्चार्ज हुने उनीहरुलाई उपचार गराइरहेको नानावती अस्पतालले जनाएको छ । अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन ।

सम्बन्धित समाचार