आज कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ?

नेपालमा बिहिबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, ललितपुरका २ जना रहेका छन् ।

यस्तै काठमाडौका ५, महोत्तरीका १, पर्वतका ३, कास्कीका २, स्याङजाका १, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका १४, डढेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ तथा कञ्चनपुरका ३० जना संक्रमित थपिएका हुन् ।



कोरोना भाईरसको संक्रमण निको भएर थप १५६ जना संक्रमित डिस्चार्ज भएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको छ ।

सम्बन्धित समाचार