मन्त्रिमण्डल हेरफेर हुँदै, को-को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीलले यस्तो तयारी अघि बढाएका हुन् । सबैलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टी भित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाएका छन्। मन्त्रिपरिषद् पुनर्गठन गर्दा दुई बर्षदेखि मन्त्रीरहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने सहमति ओलीले अध्यक्ष प्रचण्डसँग गरेका छन्।



पूर्व माओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु साह लगायत मन्त्री बन्ने सम्भावना छ। यो खबर आजको समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्रीले पछिल्लोपटक गत मंसिर ६ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले ६ जना मन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्रालयमा घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार