नवकान्तिपुर संवाददाता
वीरेन्द्रनगर, ९ साउन ।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक जंगलमा अन्दाजी ३० वर्षीया युवतीको शव फेला परेको छ । वीरेन्द्रनगर –१२ स्थित जंगलमा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।
छातीमा मोबाइल नम्बर लेखेको अवस्थामा युवतीको शव भेटिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त फोन नम्बर सार्वजनिक गरेको छैन । दुई सन्तान रहेकी ती युवतीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ ।

