नारायण गोपालको गीत भन्दा भक्तराजको गीत गाए दुर्गेशले

गायक दुर्गेश थापाले दिएको पछिल्लो अन्तर्वार्तामा आफ्नो बोली चिप्लिएको बताएका छन् । दुर्गेशले आफू हडबढाएको कारणले त्यस्तो भएको बताए । ‘खासमा म हिजो अन्तर्वार्ता दिने तयारीमा थिइनँ, तै पनि गरौ गरौँ भन्नु भयो र गरेको त्यस्तो भयो ।’ उनले भने, ‘कहिलेकाँही यस्तै हुँदो रहेछ ।’

‘नारायण गोपालको गीत कसलाई थाहा हुँदैन र ! दुर्गेशले भने, ‘थाहा थियो, तर बोल्दा बोल्दै चिप्लिएँ । मिडियामा अहिले चिप्लिने रोग लागिरहेको छ, अहिले म चिप्लिएँ ।’ दुर्गेश भन्छन्, ‘यो दुर्घटनापछि मलाई गाली गर्लान्, ठीकै छ मैले कहिले चाँही गाली खाएको छैन र १’



दुर्गेशले कसैलाई केही आक्षेप नलगाएकोले त्यति आत्तिएका छैनन् । ‘एक त ऋषि धमलाजि को प्रश्न सोध्ने तरिका नै त्यस्तो छ, अन द स्पट गाउनुस् गाउनुस् भनेपछि कसरी दिमागले काम गर्छ रु त्यस्तो बेलामा आफ्नो गीत त गतिलो गरी आउँदैन त्यसैले त्यस्तो भयो’, दुर्गेश भन्छन्, ‘नारायण गोपालको गीत भन्दा भक्तराज आचार्यको गीत गाए, अनि यम बरालको भन्दा रामकृष्ण ढकालको गीत गाएछु।’ दुर्गेशले यो नजानेर भएको गल्ती भएकोले आफू माफी चाहने बताएका छन् ।

सम्बन्धित समाचार