एक जना पनि कोरोना संक्रमित नभएका ६ जिल्ला कुन कुन हुन् ?

नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडाजागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला



भोजपुर
मुस्ताङ
संखुवासभा
मनाङ
पाँचथर
रसुवा

नेपालमा आज ९शुक्रवार० थप १३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

सम्बन्धित समाचार