कोरोनाबाट विश्वभर ६ लाख ४२ हजारभन्दा बढीको निधन, १ करोड ५९ लाख ३९ हजार संक्रमित

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ४२ हजार ६२२ जनाको निधन भैसकेको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८८ हजार २५४ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या १ करोड ५९ लाख ३९ हजार १७५ पुगेको छ । ९७ लाख २३ हजार मानिस भने उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४९ लाख ७२ हजार ८४४ पुगेको छ । त्यसमध्ये २४ लाख ७९ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जनाको मृत्यु भएको छ । ३७ लाख ५० हजार ५३४ जना संक्रमित भएकोमा २६ लाख ९१ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ । ३६ लाख २४ हजार ७५१ जना संक्रमित भएकोमा २४ लाख १७ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जनाको ज्यान गएको छ भने ८ लाख १४ हजार १६५ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ६५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ । १५ हजार २९४ जना संक्रमित भएकोमा १० हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १८ हजार ३७४ जनामा संक्रमण देखिएकोमा ४४ जनाको निधन भैसकेको छ । १२ हजार ९४७ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार