ज्वरो आएपछि प्रहरी हेडक्वार्टरका चार प्रहरी अस्पताल भर्ना

प्रहरी हेडक्वार्टरका चार जना प्रहरी अधिकारी अस्पताल भर्ना भएका छन् । सवारी शाखा र सन्चार शाखामा कार्यरत चार जना प्रहरी कर्मचारी अस्पताल भर्ना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले जानकारी दिए ।

‘शुक्रबार तीन जना र शनिबार एक जना अस्पताल भर्ना भएका छन् । उनीहरुको कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट आउन बाँकी छ’, प्रहरी प्रवक्ता तथा डीआईजी शाहीले जानकारी दिए ।



कोरोना संक्रमणको लक्षणहरु देखिएपछि उनीहरुलाई अस्पताल पठाइएको डीआईजी शाहीले जानकारी दिए ।

सम्बन्धित समाचार