मास्क नलगाउनेलाई कारबाही गर्न गृहको निर्देशन

कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।



साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

सरकारले ७ गतेदेखि लकडाउन अन्त्य गरेसँगै मानिसहरुले लापरवाही गरेर मास्क नलगाई हिंड्न थालेकोले सरकारले कडाई गर्न थालेको हो । महिनौंदेखिको लकडाउनले जनतामा पर्न गएको असुविधिालाई ख्याल गरि सरकारले लकडाउनको अन्त्य गरेको थियो तर कोरोना महामारीको अन्त्य नभएकोले मास्क लगाउनुपर्ने र सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचार