मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् ।

सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर मध्ये एक जनालाई सदस्यसचिवमा नियुक्त गर्ने छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले केही दिनअघि दरखास्त परेका २५ जना मध्ये सिलवाल, श्रेष्ठ र मगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो ।



उक्त सिफारिस समितिले अनिवार्य रुपमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ती प्रक्रिया अगाडि बढेको हो ।

तीनजना मध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन् । प्रधानमन्त्री केपी ओली निकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

यस्तै सोमबारै बस्ने मन्त्रिपरिषद् बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने छ। गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ ।

सम्बन्धित समाचार