प्याकेजमै सहमति खोज्न नेकपा स्थायी कमिटी बैठक आजलाई स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णयबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आजको बैठक स्थगित गरिएको जनाएका छन् ।

आज अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुनेछ । विकशित राजनीतिक घटनाक्रम र विवाद अन्त्यको लागि आज ओली र प्रचण्ड गहन छलफलमा जुट्नेछन् । प्रचण्ड र माधव नेपाल पक्ष बहुमतको आधारमा निर्णय लिंदै सचिवालय बैठक अगाडि बढाउने योजनामा रहेकोले ओलीले आज वार्तामा बस्ने र प्याकेजमै सहमति खोज्ने भन्दै आजको बैठक स्थगित गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।



स्रोतका अनुसार प्रचण्ड नेपाल समूहले पेलेरै अगाडि बढ्ने नीति लिएपछि ओलीले निश्चित शर्तमा राजीनामा दिने तयारी गरिरहेका छन् । उनका शर्तहरुमा नयाँ प्रधानमन्त्रीमा आफ्नो पनि सहमति हुनुपर्ने, सरकार सञ्चालनको लागि निश्चित सदस्य रहेको एउटा समिति गठन गर्नुपर्ने लगायतका रहेका छन् ।

सम्बन्धित समाचार