नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरुक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण भएको छ ।
ह्वाइट हाउसले सोमवार उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ट्रम्प प्रशासनमा अहम फैसलाका लागि प्रमुख मानिने ओब्रायनले अब सेल्फ आइसोलेसनबाटै आफ्नो काम गर्ने बताइएको छ । उनीबाट राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि कोरोनाको कुनै खतरा नरहेको बताइएको छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा १ लाख ५० हजार ४४४ जनाको मृत्यु भएको छ भने ४४ लाख ३३ हजार ४१० जनालाई संक्रमण भएको छ ।
US National Security Advisor Robert O'Brien tests positive for COVID-19: US media
(file pic) pic.twitter.com/5dYNkekOFk— ANI (@ANI) July 27, 2020