नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटि बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्प कमल दाहालले बालुवाटारमै अनौपचारिक रुपमा बैठक सुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षभित्र दाहाल नेपाल समूहका अधिकांश नेताहरु उपस्थित छन् ।
बैठक स्थगित भएको सूचना पाएपछि बालुवाटारबाट फर्केका नेताहरु पनि प्रचण्ड नेपालले बोलाएपछि पुनः बालुवाटार फर्केका छन् । बैठकलाई औपचारिक रुपमै अघि बढाउने बारे उनीहरुबीच छलफल चलिरहेको हो । बैठक कक्षमा केपी ओली पक्षका नेताहरु भने उपस्थित छैनन् ।
यता केपी ओली समूहको छुट्टै बैठक पनि बालुवाटार भित्रै भइरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीसहित नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ लगायत सहभागी छन् । नेता नेम्वाङले बैठक औपचारिक रुपमा स्थगित भइसकेकोले प्रचण्ड समूहले त्यसलाई सुचारु गर्न नसक्ने बताए ।
उनले भने, ‘बैठक औपचारिक रुपमा स्थगित भइसकेको छ अब उहाँहरु९प्रचण्ड नेपाल०ले बैठक सुरु गर्न सक्नुहुन्न । उनले अघि भने, यसअघि उहाँहरुको भेला खुमलटारमा हुन्थ्यो, त्यो भेला अहिले बालुवाटारमा सरेको मात्रै हो त्यसले खासै फरक पार्दैन ।’