हलिउड अभिनेता टम ह्याङ्गस र रिता विल्सन बने ग्रीसको नागरिक

अमेरिकी अभिनेता टम ह्याङ्गस र उनकी श्रीमती रिता विल्सन आधिकारिक रुपमा ग्रीसका नागरिक बनेका छन् । ग्रीसका प्रधानमन्त्रीले टम र रितालाई सम्मान स्वरुप आधिकारिक रुपमा नागरिकता प्रदान गरिएको घोषणा गरेका हुन् ।

टम र रिताले उनीहरुको नयाँ पासपोर्टसहित ग्रीक प्रधानमन्त्री किरिआकोस मित्सोताकिस र उनकी श्रीमतीका साथमा तस्बिर खिचाएका छन् । ग्रीक प्रधानमन्त्रीले शनिबार इन्स्टाग्राममा सो तस्बिर पोस्ट गरेका हुन् । उनले लेखेका छन्, ‘ह्याङ्गस र विल्सन अब ग्रीकको नागरिक बन्नु भएको छ ।’ ग्रीक सञ्चारमाध्यमका अनुसार पारोस आइल्याण्डमा प्रधानमन्त्री दम्पती र टम दम्पतीबिच भेट भएको हो । गएको वर्ष ह्याङ्गस, विल्सन र उनीहरुका सन्तानलाई गएको वर्ष सम्मानार्थ ग्रीक नागरिकता प्रदान गरिएको थियो ।



अहिले सोही आधारमा ग्रीक सरकारले ह्याङ्गस र विल्सनलाई आधिकारिक रुपमा नागरिकता प्रदान गरेको हो । सन् २०१८ को जुलाईमा एथेन्स नजिकको जंगलमा लागेको भीषण डढेलोमा नियन्त्रणका लागि ह्याङ्गस, विल्सन र उनीहरुका सन्तानले महत्वपूर्ण काम गरेका थिए ।

सो डढेलोमा १०० जना भन्दा बढीको ज्यान गएको थियो । ६४ वर्षका ह्याङ्गस र ६३ वर्षकी विल्सनले ग्रीसप्रति लामो समयदेखि प्रेस र सद्भाव दर्शाउँदै आएका छन् । यो वर्षको सुरुमा गोल्डेन ग्लोब अवार्डमा सहभागी हुँदा दुईपटकका ओस्कार विजेता ह्याङ्गसले ग्रीसप्रतिको सम्मान दर्शाएका थिए ।

 

सम्बन्धित समाचार