नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
विश्वभर कोरोना संक्रमणबाट ६ लाख ६३ हजार ३३५ जनाको निधन भैसकेको छ । १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९१ हजार १५० पुगेको हाे । निको हुने संक्रमितको संख्या १ करोड ४ लाख ५५ हजार ६९४ रहेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ । २८ लाख १५ हजार १६६ जना संक्रमित भएकोमा १६ लाख ८९ हजार ५८३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५२ लाख ६९ हजार २७८ पुगेको छ । त्यसमध्ये २६ लाख ६६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जनाको मृत्यु भएको छ । ४० लाख ४७ हजार २६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जनाको मृत्यु भएको छ । ३८ लाख ५५ हजार ५९८ जना संक्रमित भएकोमा २६ लाख १० हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जनाको ज्यान गएको छ भने ८ लाख ७७ हजार ५९३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख २७ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ । १७ हजार ३३ जना संक्रमित भएकोमा १० हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने १९ हजार ६३ जनामा संक्रमण देखिएकोमा ४९ जनाको निधन भएको छ । १३ हजार ८७५ जना भने संक्रमणमुक्त भएका छन् ।