टेलिकमका सेवा रिचार्ज गर्न अब झन सजिलो

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्जका लागि लागि *412# प्रयोग गर्न सकिने भएको छ । जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिने टेलिकमले जनाएको छ ।

त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न जनाइएको छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिने टेलिकमले जनाएको छ ।



कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज USSD Code प्रयोग गरी सहज रुपमा गर्न सकिने छ ।

त्यसैगरी नयाँ सिम सक्रिय गर्न हाल १४१५ मा कल गरी First Call Activation (FCA) गर्दै आएकोमा थप सुविधाका लागि *1414# डायल गरी FCA गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

सम्बन्धित समाचार