क्यान्सर पीडित मन्सराको उपचारको लागि आफन्तद्वारा सहयोगको अपिल

अछामकी क्यान्सर पीडित एक किशोरीको उपचारका लागि उनका आफन्तहरूले सहयोगको लागि अपिल गरेका छन् । ढकारी गाउँपालिका ६ मोयकाँडाकी १८ वर्षीया मनसरा बुढाको उपचारमा आर्थिक अभाव देखिएकोले उनका आफन्तहरूले सहयोगको अपिल गरेका हुन् ।

ढकारी ६ ढुङ्गाचाल्नामा रहेको अष्टसिद्धी माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत क्यान्सर पीडित मनसरा बुढाको बायाँ खुट्टामा क्यान्सर भएपछी उनी अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत छिन् । मन्सराका बुवाको यसअघि नै मृत्यु भइसकेको र आफन्तले उनलाई उपचारको लागि अस्पताल लगेका हुन् । अहिले उनको उपचारको लागि करिब दश लाख खर्च लाग्ने उनका आफन्त देवेन्द्रबहादुर बुढाले बताए ।



क्यान्सर पीडित मन्सरालाई बचाउनको लागि अहिले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देवेन्द्र बुढा र भूपेन्द्रबहादुर बुढा सक्रिय भएका छन् । मन्सरालाई मानवीय सहयोग गर्न चाहनेहरूका लागि ९८६९५५३८०४ र ९८६५६४१५१० मा सम्पर्क गर्न सकिने छ । बैंकमार्फत् आर्थिक सहयोग गर्न चाहनेहरूले सिटिजन्स बैंकमा रहेको देवेन्द्रबहादुर बुढाको खाता नं. ०७९०१०००००२१४०४१ मार्फत् रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जनाइएको छ ।

सम्बन्धित समाचार