नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
प्रभास स्टारर फिल्म बाहुबली र बाहुबली २ का निर्देशक एसएस राजामौलीलाई कोरोना संक्रमण भएको छ । उनलाई र उनको परिवारलाई हल्का खोकी लागेपछि चेकअप गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
राजामौलीलले स्वयं नै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनी अहिले होम क्वारेन्टाइनमा रहेको उनले बताएका छन् ।
उनमा कोरोनाको अन्य लक्षण नरहेको बताइएको छ ।
My family members and I developed a slight fever few days ago. It subsided by itself but we got tested nevertheless. The result has shown a mild COVID positive today. We have home quarantined as prescribed by the doctors.
— rajamouli ss (@ssrajamouli) July 29, 2020