अयोध्याका एक पुजारीसहित १७ जनामा कोरोना संक्रमण

अयोध्याका एक पुजारी र सुरक्षाका लागि खटिएका १६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आउँदो अगस्ट ५ मा राम मन्दिर निमार्णका लागि भूमि पूजाको तयारी भइरहेका बेला त्यहाँका एक पूजारी र १६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतलाई उद्धृत गर्दै एनडिटिभीले जनाएको छ।

राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा हुने भूमि पूजाका लागि प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थिति हुने यसअघि नै जनाएको थियो । सो कार्यक्रममा मोदीसहित ५० जना विशिष्ट व्यक्ति सहभागी हुने तयारी छ ।



सामाजिक दूरीसहितका सबै नियम पालन गरिने पनि कोषले उल्लेख गरेको छ । भूमि पूजाका लागि अगस्ट ५ को दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको छ ।

सम्बन्धित समाचार