उद्योग मन्त्री भट्टलाई मार्ने धम्की

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको संसदीय समितिलाई जानकारी गराएका छन् । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले एमसिसीको पक्षमा लागेमा टाउको काट्ने धम्की आएको बताएका हुन् ।

समितिमा नेटवर्किङ व्यवासयबारे छलफल गर्न बोलाइएको बैठक मन्त्री भट्टले एमसिसीको पक्षमा मतदान गरेमा बझाङबाट फोनमा टाउको काट्ने धम्की आएको बताए । उनले समितिमा भने, ‘मलाई एउटा फोन आयो । तैले एमसिसी समर्थन गरिस् भने टाउको काटिन्छ भनेर । त्यो फोन बझाङ जिल्लाबाट आएको रहेछ ।’



प्रतिउत्तरमा आफूले एमसिसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ भन्ने धम्की आएको उनले बताए ।

सम्बन्धित समाचार