काठमाडौं उपत्यका प्रवेशमा गृह मन्त्रालयले लगायो यस्तो रोक

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको विज्ञहरुले चेतावनी दिइरहेको बेला गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो । मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।



पछिल्ला दिनहरुमा उपत्यकामा संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । आज मात्र उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना

सम्बन्धित समाचार