चुनाव सार्ने ट्रम्पको प्रस्ताव, रिपब्लिकन नेताहरूकै असहमति

आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको मिति सार्न राष्ट्रपति डोनाल्ड ट्रप्पले गरेको प्रस्ताव रिपब्लिकन पार्टीकै नेताहरूले अस्वीकार गरेका छन् । चुनावमा धाँधली हुन सक्ने आशंका गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावको मिति हेरफेर गर्नुपर्ने प्रस्ताप गर्दै नोभेम्बर भन्दा पछि गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

तर, उनको प्रस्तावको उनकै पार्टी रिपब्लिकनको बहुमत रहेको रहेको सिनेटका रिपब्लिकन पार्टी नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थीले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । चुनाव स्थगित गर्न सक्ने अधिकार आफूमा नरहेपछि राष्ट्रपति ट्रम्पले यस्तो प्रस्ताव छलफलमा ल्याएका थिए । चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने प्रावधान छ ।



चुनाव सार्ने ट्रम्पको प्रस्तावको विपक्षी डेमोक्र्याटले चर्को आलोचना गरिरहेका बेला आफ्नै पार्टीका नेताहरूले पनि उनको प्रस्तावको विरोध गरेका हुन् । ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली हुने सम्भावना धेरै भएकाले चुनाव सार्ने प्रस्ताव गरेका थिए ।

सम्बन्धित समाचार