कोरोना संक्रमण भुसको आगोझै फैलिँदा पनि सरकार मस्त निन्द्रामा छः गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमण भुसको आगोझै फैलिँदा पनि सरकार भने निन्द्रामा मस्त रहेको आरोप लगाएका छन् ।  शुक्रबार बिहान ट्विट गर्दै नेता थापाले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहे पनि सरकार भने बालुवाटार पर्खालभित्रको निन्द्रामा मस्त रहेको आरोप लागएका हुन् ।

‘भुसको आगोझै संक्रमण फैलिएको छ । सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ,’ उनले लेखेका छन्, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौं- सरकार अब अति भो !’



पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त र स्वास्थ्यमन्त्री आफ्नो कामको प्रशंसा गर्दै भजन गाउन मस्त रहँदा कोरोना संक्रमणको जोखिम झन् बढेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार