कोरोना संक्रमित महिलाले जन्माइन् छोरी

कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् । कोरोना संक्रमण पुष्टि भएर वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत महिलाले बच्चा जन्माएकी हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ३१ वर्षकी महिलाले अस्पतालमै बच्चा जन्माएको कोभिड अस्पताल गण्डकका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।



ती महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैजनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टर सिंहले बताए ।

ती महिलामा बिहीबार राति मात्रै कोरोना संक्रमण भएको थियो ।

सम्बन्धित समाचार