सौतेनी आमा र दिदीलाई हतियार देखाई मार्ने धम्की दिने पक्राउ

एक थान लोड भएको भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बडिमालिका नगरपालिका(६ कोर्ध बस्ने २८ वर्षीय माने खडकालाई १ थान लोड भएको भरुवा बन्दुकसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खडकालाई घरमा लुकाई राखेको उक्त बन्दुक सहित पक्राउ गरेको हो ।



उनलाई पक्राउ गरी छानविन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार