नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
पोर्चुगलको कोइमब्रा जिल्लाको साउरे शहरमा एउटा रेल दुर्घटना भएको छ । करिब २८० जना यात्रुहरु सवार रेल दुर्घटनामा कम्तीमा २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । तीमध्ये ६ जना गम्भीर छन् । लिकको मर्मत गर्ने मेशीनको बीचमा रेल ठोक्किएर दुर्घटना भएको जनाइको छ ।
मृतक दुईजना लिकको मर्मतको काम गरिरहेको व्यक्ति भएको बताइको छ ।
लिस्बनबाट ब्रागाका लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै शुक्रवार दिउसो करिब ३ः३० बजेतिर दुर्घटना भएको समाचार एजेन्सीहरूले बताएका छन् ।