नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपसमेत कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा विगत २४ घण्टामा ९२ जना निको भएर संक्रमण मुक्त भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । गौतमका अनुसार विगत २४ घण्टमा ६ हजार नौ सय ९३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गरिएको हो ।
हाल सक्रिय संक्रमित पाँच हजार तीन सय ३८ जना छन् । संक्रमितमध्ये ५६ जनाको भने निधन भैसकेको छ ।