कोरोना संक्रमण मुक्त भए अमिताभ बच्चन, अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमणबाट मुक्त भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जनाउँदै बच्चनले आफु अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहने जानकारी दिएका छन् ।

संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।



बच्चनसँगै उनको परिवारमा छोरा, बुहारी तथा नातिनीलाई पनि कोरोना देखिएको थियो । अहिले सबैजना संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित समाचार