नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

गोरु काटेको आरोपमा लमजुङमा तीनजना पक्राउ परेका छन् । मर्स्याङ्दी गाउँपालिका ७ ङादी दोभानमा गोरु काटेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ङादी दोभानचौरका वर्ष ४२ का रामबहादुर भुजेल, मर्स्याङ्दी गाउँपालिका ७ का वर्ष ३० का राजकुमार भुजेल र बेसीसहर नगरपालिका १० बस्ने वर्ष २० का दुर्गा थापा मगरलाई पक्राउ गरिएको हो ।
दोभानचौरमा रामबहादुर भुजेलको घरमा गोरु काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खुदीबाट खटिएका प्रहरी टोलीले घरधनी भुजेलसहित उनीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
