नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

कोभिड १९ परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्टले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ ।
पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमणदर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो । सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्टले चार हजारमै आरटी पीसीआर परीक्षण गरिरहेको जनाएको छ ।
ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरेको हो ।
