नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरस संक्रमण भएको थाहा भएपछि नानावटी अस्पतालमा उपचारका लागि भर्ना भएका अमिताभ अब घर फर्किइसकेका छन् ।
कोरोना उपचार गराउँदा अमिताभले अस्पतालबाट प्रत्येक दिनजसो सामाजिक सन्जालमा केही न केही लेखिरहेका थिए । आफ्नो स्वास्थ्यबारे जानकारी अमिताभले आफ्ना प्रशंसकलाई पनि दिइरहेका थिए ।
अमिताभ कोरोना जितेर फर्किए पनि उनका छोरा तथा अभिनेता अमिषेक बच्चन चाहिँ अहिले पनि अस्पतालमा नै उपचार गराइरहेका छन् । उनको कोरोनाभाइरस परीक्षणमा अहिले पनि पोजेटिभ आएको छ । तर, उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
यसअघि अभिषेकपत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याले पनि कोरोना जितिसकेका छन् ।