नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको पाइएको छ ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार कपिलवस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेका थिए । हुसेनलाई उराउले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।
दूतावासका अनुसार पीडित र पीडक दुवै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको पाइएको छ । जुलाई ३१ तारिखमा नेपाली सेक्युरिटी गार्डमाथी कुटपिट भइरहेको भिडियोबारे जानकारी प्राप्त भए लगत्तै मलेसियामा सेक्युरिटी गार्ड उपलब्ध गराउने कम्पनीहरुको छाता संगठनलाई सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो ।
घटना जुलाई ७ तारिखको विहान क्वालालाम्पुरस्थित M:3 महलमा भएको थियो । पीडक भनिएका उराउ, हुसेनका सुपरभाइजर हुन् ।
'बैदेशिक रोजगारीमा रहेका' यी युवामाथिको प्रहार हामीजस्ता अलिकति पढेका, लेखेका, देखेकाहरूको चेतनामाथिको प्रहार हो। समग्रमा भन्नु पर्दा, हाम्रो विफलताका कारण आज दशौं लाख नेपालीले यस्ता ह्रिदय विदारक अवस्थाको सामना गर्नु परेको छ। तिनको आंशुले हाम्रो सामुहिक चेतनालाई शुद्ध बनाइदेओस्! pic.twitter.com/DDqHSi7qll
— Rabindra Mishra (@RabindraMishra) July 31, 2020

