नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् । गृह मन्त्री रामबहादुर थापा बादलले मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढालाई ल्याएका छन् ।
यसअघि उनी मन्त्रालयकै नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थिए। सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएपछि बुढा प्रवक्ता नियुक्त भएका हुन् ।
यो महाशाखाका प्रमुख मन्त्रालयको प्रवक्ता हुने व्यवस्था छ । यसअघि गृह मन्त्रालयको प्रवक्ता केदारनाथ शर्मा थिए ।
