आज कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

बितेको २४ घण्टामा थप ४१८ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै थप ४३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा ८ जना टेकु अस्पतालमा गरिएको परिक्षणमा १७ जना, पाटन अस्पतालमा ५ जना, विर अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जना, नेपाल प्रहरी अस्पतालमा २ जना स्टार अस्पतालमा ५ जना, विरेन्द्र अस्पताल छाउनीमा ३ जना गरी बितेको २४ घण्टामा मात्रै थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



हिजो काठमाडौंमा २२ जनामा संक्रमण पुष्टि भएको थियो । गत साउन ७ गतेबाट एकाधबाहेक अन्य सेवाहरु खुलेको अवस्थामा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढीरहेको छ ।

यसैबीच घना बस्ती भएका शहरहरुमा बढेको संक्रमितको चाप, बढीरहेको मृत्युदर लगायतका विषय र कोरोना संक्रमण पुष्टि भएसँगै फेरिपनि लकडाउन गर्ने कि नगर्ने वा कस्तो व्वस्था गर्ने भन्ने सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भोली जनस्वास्थ्य विज्ञसँग छलफल गर्दैछन् ।

सम्बन्धित समाचार