लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो । भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य रहेका छन् । लगानी बोर्डमा उनको कार्यकाल चार वर्षको हुनेछ ।

बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि यो पद खाली रहेको थियो । बोर्डले आवेदन माग गरेको थियो । विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो ।



विदेशी लगानी छोटो प्रक्रियाबाट भित्र्याउन र सहजीकरण गर्न तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको कार्यकालमा लगानी बोर्डको गठन भएको हो ।

सम्बन्धित समाचार