लकडाउन गर्ने/नगर्नेबारे निर्णय लिन प्रधानमन्त्रीले विज्ञहरूसँग छलफल गर्दै

प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने नगर्नेबारे निर्णय लिन जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन् । कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले आज विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।

ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि बोलाएका छन्। यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूरुसँग छलफल गरेका थिए।



देशका बिभिन्न स्थानमा कोरोना संक्रमणले बिकराल रुप लिइरहेकोले लकडाउनको विकल्प नरहेको विज्ञहरुले बताउँदै आएका छन् ।

सम्बन्धित समाचार