पर्सामा थुनुवासहित ३४ जनामा कोरोना पुष्टि

पर्साको वीरगञ्जमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकामा डाक्टर, सेना र पत्रकार पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले जनाकारी दिए। थपिएकामा दुई बालक र चार महिला पनि रहेका छन् ।

संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेका छन् । संक्रमित चार जना महिलाहरुको उमेर १६,२६,२८ र ४९ रहेको छ। सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको छ।



त्यस्तै, वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ। त्यसैगरी, नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएका छन्। त्यस्तै एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन्।

सम्बन्धित समाचार